११ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी गौतम मोना फ्रान्सबाट सम्मानित

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सबाट सम्मानित भएका छन्।

बिहिबार मोना अन्तराष्ट्रियको सचिवालयमा आयोजित समारोहमा मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्की, संस्थापक सदस्य नविन कार्कीले रू २० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका हुन्।

मोना फ्रान्सका अध्यक्ष ओम गौचन, महासचिव महेन्द्र बोहोराद्धारा हस्ताक्षर गरिएको सम्मानपत्रमा स्थापनाकालदेखि मोना फ्रान्सका समाचार तथा पत्रकारितामार्फत मानवीय तथा सामाजिक क्षेत्रमा योगदानको कदर गदैं सम्मान गरिएको उल्लेख छ।

सम्मान कार्यक्रममा अधिवक्ता दिपक कार्की, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदी, यूवा ब्यवसायी जिवन कार्की लगायतको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रममा बोल्दै मोना फ्रान्सका कोषाध्यक्ष दिनेश कार्कीले जन्मभूमिका विभिन्न क्षेत्रमा संस्थाले सक्ने सहयोग गर्ने बताए। डेढ दशक देखि म्याग्दी जिल्लामा सक्रिय गौतमले सामाजिक एवम् मानवीय सेवाका क्षेत्रलाई प्राथमिकता दिएर कमल चलाउने गरेका छन्।

प्रकाशित: ९ कार्तिक २०८१ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App