७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

दुई वटा ट्रक र एउटा ट्याङ्कर आपसमा ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

चितवनमा दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गयराति करिब  ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोडेड ट्रक र नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए। ट्याङ्कर पछाडी ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

तीनवटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनिश स्याङतानको  उपचारको क्रममा भरतपुर अस्पतालमा राति ११ः५५ बजे मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

मृतकको शव भरतपुर अस्तपालको शव गृहमा राखिएको छ।

सोहि ट्रकका सह चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचाररत छन् भने ना८ख ८६७४ नम्बरको ट्याङकर चालक मकवानपुर हेटौंडा–१९ नेवारपानी बस्ने बर्ष ३६ को सुदिप तामाङ गम्भिर घाइते भई चितवन मेडिकल कलेजमा उपचाररत रहेको रिजालले बताए।

ना६ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने वर्ष ३७ को दिपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ७ कार्तिक २०८१ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App