६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
खेल

‘हङकङ सिक्सेस’ प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा नेपाली टिम घोषणा

<br>

<br>

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा आयोजना हुने हङकङ सिक्सेस प्रतियोगितामा सहभागी हुने खेलाडी टिम र प्रशिक्षक घोषणा गरेको छ।

आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने यो प्रतियोगिता लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो।

टिममा सहभागी हुने अन्य खेलाडीमा लोकेश बम, नारायण जोशी, विवेक यादव, प्रतिश जिसी, दीपेन्द्र रावत र रसिद खान छन्। टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई राखिएको छ।

यो प्रतियोगितामा नेपालसँगै अष्ट्रेलिया, इङल्यान्ड, साउथ अफ्रिका, न्युजिल्याण्ड, हङकङ, भारत, पाकिस्तान, युएई, श्रीलंका, बंगलादेश र ओमान सहभागी छन्।

नेपाल इङल्यान्ड र अस्ट्रेलिया रहेको ग्रुप बीमा छ। जहाँ इङल्यान्डसँग नोभेम्बर १ र अस्ट्रेलियासँग नोभेम्बर २ मा प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगितामा पाँच–पाँच ओभरको खेल हुनेछ। एउटा टिममा ६ जनाले खेल्न पाउनेछन्।

प्रकाशित: ६ कार्तिक २०८१ १७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App