५ कार्तिक २०८१ सोमबार
image/svg+xml
समाज

सोह्र कैदीबन्दी स्थानान्तरण

चितवन कारागारमा रहेका कैदीबन्दीमध्ये १६ जनालाई स्थानान्तरण गरिएको छ। कागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार स्थानान्तरण गरिएकामध्ये आठ जनालाई रसुवा,सात जनालाई काठमाडौँ र एक जनालाई तनहुँ स्थानान्तरण गरिएको छ। उनीहरुमध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ  तथा अन्यलाई उनीहरुको इच्छाअनुसार स्थानान्तरण गरिएको उले बताए।

यहाँ सङ्घीय भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य साना अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा पाउने भएकाले जिल्लास्थित कारागारमा अन्य जिल्लाबाट कैदीबन्दी यहाँ ल्याउँदा चाप बढेको हो। दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ८४ कैदीबन्दी रहेका छन्। यस्तै २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४५, उनीहरुसँग आश्रित तीन बालबालिका र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ३३ जना रहेका छन्।

“नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा कारागार नहुँदा त्यहाँबाट समेत कैदीबन्दी यहाँ ल्याइने हुँदा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता छ”, सूचना अधिकारी ढुङ्गानाले भने।

प्रकाशित: ५ कार्तिक २०८१ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App