७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच घन्टापछि खुल्यो अवरुद्ध कर्णाली राजमार्ग

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्डमा खसेको सुख्खा पहिरो हटाएपछि सडक सुचारु भएको छ।

कालीकोटको शुभकालीका गाउँपालिका–१, गगंनेखोलास्थित कर्णाली राजमार्गमा आइतवार  बिहान शुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडक खुलेपछि कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सर्वसाधारण गन्तव्य तर्फ लागेका छन्।

बिहानैदेखि अवरुद्ध सडक ५ घन्टापछि खुलेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई जानकारी दिए।

उनका अनुसार प्रहरी र सडक डिभिजन संग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाएको बताए।

प्रकाशित: ४ कार्तिक २०८१ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App