४ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

सुक्खा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुक्खा पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडकखण्ड अवरुद्ध भएको छ।

कालीकोटको शुभकालीका गाउँपालिका–१, गगंनेखोलास्थित कर्णाली राजमार्गमा आज  बिहान सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन्। कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सार्वसाधारण अलपत्र परेका छन्।

प्रहरीसँग समन्वय गरेर एक्साभेटर लगाएर सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कुमार चौधरीले जानकारी दिए।

प्रकाशित: ४ कार्तिक २०८१ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App