४ कार्तिक २०८१ आइतबार
image/svg+xml
समाज

आर्थिक लेनदेनको आरोप लागेपछि मोरङका एसपी हेडक्वाटर तानिए

अन्य ४ जना प्रदेश कार्यालयमा

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीसहित ५ जनालाई आर्थिक लेनदेन गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याएको छ। 

एसपी नवराज कार्की हेडक्वाटर (प्रहरी प्रधान कार्यालय) तानिएका छन् भने प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई कारबाहीको दायरामा ल्याइएको हो। अनलाइनमार्फत जुवा खेल्नेहरूसँग पैसा असुलेको आरोपमा अनुसन्धान एवं छानबिनका लागि उनीहरु तानिएका हुन्।

एसपी कार्कीलाई शुक्रवार हेडक्वार्टर तानेर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाइएको छ । लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए । एसपी कार्कीलाई लिम्बूको स्थानमा सरुवा गरिएको छ।

एसपी कार्की ८ महिनाअघि मोरङ प्रहरी प्रमुख भएर आएका थिए। अनलाइनमार्फत जुवा खेल्नेहरूसँग पैसा असुलेको आरोपमा मोरङबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना प्रहरीलाई अनुसन्धान एवं छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बिहीबार तानिएसँगै शुक्रवार एसपी कार्की हेडक्वाटर तानिएका हुन् । 

मोरङमा कार्यरत इन्स्पेक्टरसहित ४ जना घुमुवा (सादा पोसाक)प्रहरीका रूपमा काम गर्दै आएका थिए । उनीहरु ४ जनालाई बिहीबार राति मोरङको सुन्दरहरैंचास्थित विराट चोकबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ। अनलाइन जुवा खेल्ने र खेलाउनेसँग २५ लाख रुपैयाँ लिएको आरोप उनीहरूमाथि छ। अनलाइन जुवाको ‘सेटिङ’ गर्ने र गराइदिनेबाट लिएको रकमसमेत बरामद भएको जानकारी स्रोतले दिएको छ।

नियन्त्रणमा लिइएकाहरूलाई बिहीबार राति कोशी प्रदेश प्रहरी गण रानीमा राखेर कोशी प्रदेश प्रहरी कार्यालयले सोधपुछ तथा छानबिन गरिरहेको छ। प्रहरी स्रोतका अनुसार अनलाइन जुवा खेल्ने र खेलाउनेसँग २५ लाख रुपैयाँ लिएकाले छानबिन सुरु भएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिसकेको बताएको छ।

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुवेर खापुङले ४ जना प्रहरीलाई केही कुरा बुझ्न र सोधपुछका लागि प्रदेश कार्यालय तानेको बताए। उनले प्रदेश कार्यालय तानिएकाहरूले आचरण विपरीत काम गरेको भन्ने कुरा आएपछि बुझ्नका लागि बोलाइएको हो।

प्रहरीको आचरण विपरीत काम गरेको भन्ने कुरा आयो बुझ्नका लागि ४ जनालाई प्रदेश कार्यालयमा तानेको बताउँदै, डिआइजी खापुङले भने, ‘केही अनियमितता र केही आचरण विपरीतको काम गरेको खबर आएपछि वास्तविकता बुझ्नका लागि तानेका हौँ। छानबिनकै क्रममा रहेको हुँदा सबै भन्न मिल्दैन। उनीहरुले लेनदेन गरेको विषय आफूलाई थाहा छैन।अहिले सबै कुरा आइ नसकेको र बुझ्ने काम भइरहेकाले सबै कुरोको जानकारी आइसकेपछि भनौंला।’

प्रकाशित: ४ कार्तिक २०८१ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App