५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्। समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा सचिवालय बैठकमा छलफल हुनेछ।

पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेको पक्राउबारे पनि बैठकमा छलफल हुनसक्ने बताइएको छ। रविलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेर कास्की लगिएको छ। कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आइतबार अनुमति पनि दिएको छ। 

पछिल्लो समय भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय र भवन बनाउन एमालेलाई जग्गा दान गरेको विषय चर्चामा छ। एमालेका कतिपय नेताहरूले व्यवसायीबाट कार्यालय भवन बनाउन जग्गा लिन नहुने बताइरहेका छन्।

तस्बिरहरु: प्रधानमन्त्रीको सचिवालयबाट।

प्रकाशित: ४ कार्तिक २०८१ १८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App