२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बीपी राजमार्गमा गाडी चल्न थाले

पूर्वी जिल्लालाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा यातायात सञ्चालन हुन थालेका छन्। बाढीपहिरोले क्षतविक्षत बनाएको खण्डमा १४ दिन पछि एकतर्फी राजमार्ग खुलेको हो। सडक विभाग र स्थानीय पालिकाले राति समेत काम गरेर अवरुद्ध बीपी राजमार्ग संचालनमा ल्याएका हुन्। बीपी राजमार्ग अन्तर्गत रोशी–९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै  बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

गत असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेको चौकीडाडा देखि नेपालथोकसम्म सडक अवरुद्ध थियो। सडक विभाग र स्थानीय पालिकाहरुको अग्रसरतामा शुक्रबार बिहान ८ बजेदेखि राजमार्ग खुलेको हो। अस्थायी रुपमा सञ्चालनमा आएको राजमार्गमा कतै एकतर्फी र कतै दुईतर्फी नै खुलेको रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाले बताए।

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक मर्मत गरेर गाडी चल्नसक्ने बनाइएको छ। १४ दिनदेखि राजमार्ग बन्दहुँदा पूर्व जाने अधिकांसले यात्रा स्थगन गरेका थिए। बीपी राजमार्गबाट दैनिक हजारौ गाडी आउजाउ हुने गरेका थिए। सडक खुलेपछि  दसैंमा टीका लगाउन जानेलाई सजिलो हुने भएको छ।

प्रकाशित: २५ आश्विन २०८१ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App