२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वर्षाको सम्भावना अझैं कायम, यस्तो छ टीकासम्मको मौसम पूर्वानुमान

यस वर्ष दसैँमा देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधवार दसैँ विशेष मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते), र दशमी (२६ गते) का दिन कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

साथै कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चटयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अन्य भू–भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिन्छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्युनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०८१ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App