२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

रेडक्रसद्वारा विपद् प्रभावित १२ सय ७३ परिवारलाई राहत सामग्री वितरण

 नेपाल रेडक्रसले मनसुनजन्य विपदबाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

असोज ११,१२ र १३ गते आएको अविरल वर्षापछि आएको बाढी, पहिरोबाट प्रभावित १ हजार २ सय ७३ परिवारलाई रेडक्रसले राहत सामग्री उपलब्ध गराएको जनाएको हो। पीडितलाई स्थानीय सरकारसँग मिलेर राहत र उद्धारको कामलाई अघि बढाएको जनाएको छ। जसमध्ये ४ सय ८२ परिवारलाई गैर खाद्य सामग्रीहरूको सेट उपलब्ध गराइएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले बताए।

उनले सरकारले तोकेको विपद् सङ्कटग्रस्त क्षेत्रमा स्थानीय सरकारसँग मिलेर पीडितलाई राहत र उद्धार गर्ने कामलाई अघि बढाइएको बताए। उनले सो क्षेत्रमा पीडितहरूको यकिन डाटा संकलन गर्न, उनीहरूलाई राहत र उद्धार गर्न कम्तीमा १ हजार स्वयंसेवक परिचालन गरिएको पनि जानकारी दिए। टेलिफोन, विद्युत्, सडक अवरुद्ध हुँदा पीडितको यकिन विवरण तयार गर्ने काममा पनि केही ढिलाइ हुन गएको पनि रेडक्रसले जनाएको छ।

विभागका अनुसार यस वर्षको मनसुनबाट ६३ जिल्ला प्रभावित रहेका छन्। ती मध्ये पीडित ९४८ घर परिवारलाई १५ हजारका दरले आर्थिक सहायता प्रदान गरिएको पनि विभागका निर्देशक श्रेष्ठले बताए। यस वर्षको मनसुन सुरु भए यता ३८१ जनाको मृत्यु भएको, ३७५ जना घाइते भएका र ७३ जना हराइरहेको रेडक्रसको तथ्याङ्कमा उल्लेख गरिएको छ।

रेडक्रसले यस वर्षको मनसुन यता ७८१ परिवारलाई गैर खाद्य सामग्री वितरण, १ हजार ४६ जना स्वयंसेवक परिचालन, २ हजार ८० वटा त्रिपाल वितरण, १ हजार ८५३ वटा कम्बल वितरण, म्याट्रेस ६ सय ६६,४४८ रोल डोरी वितरण गरेको जनाएको छ। 

प्रकाशित: २२ आश्विन २०८१ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App