नेपाली सेना सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ।
सेनाले सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदीमा बेलिबृज पुल निर्माणको काम सुरू गरेको हो।
असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी(पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो।
नेपाली सेनाको प्राविधिकसहितको टोलीले उक्त स्थानमा बेलिबृज पुल निर्माण गरिरहेको छ।
प्रकाशित: २० आश्विन २०८१ १८:२५ आइतबार