१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’, अर्को सुनुवाइ मंगलबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

घिमिरेले भने, 'न्यायाधीशहरु बाहिर हुनुहुन्छ। उहाँहरुको अभावका कारण मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको हो। मुद्दाको अर्को सुनुवाइ मंगलबारका लागि तोकिएको छ।'

यसअघि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो।

प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए।

अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित: १४ आश्विन २०८१ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App