महोत्तरीको गौशाला नगरपालिका वडा नम्ब ८ स्थित सोनी नदीमा आएको बाढीले दुई जना बालबालिकालाई बगाएको छ । सोनी नदीमा आएको बाढी हेर्न गएका १६ वर्षीेय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीले करिना बगेको स्थानदेखि पाँच सय मिटर तल झाडीबाट शकुसल उद्धार गरेको छ । रोहित भने अझै भेटिएका छैनन् ।उनको खोजिकार्य तिव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिए ।
प्रकाशित: १२ आश्विन २०८१ १५:०० शनिबार