१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

वीरगन्ज हुँदै नेपाल आएका भारतीय पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा वीरगन्जको शंकराचार्य गेट भएर भारतबाट धार्मिक यात्रामा नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगन्जका होटेल तथा पर्यटन व्यवसायीले स्वागत गरेका छन्।

होटेल तथा पर्यटन व्यवसायीले नेपालको धार्मिक पर्यटनलाई महत्त्व दिएर जनकपुरधाम र पशुपतिनाथ जान हिँडेका ६ जना भारतीय धार्मिक पर्यटकलाई  दही र जुस खुवाएर स्वागत गरेका हुन्।

भारतबाट नेपाल प्रवेश गरेका पर्यटकलाई स्वागत गरेर नेपालको धार्मिक पर्यटनलाई विशेष महत्त्व दिएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले बताए।

उनले पशुपतिनाथ, जनकपुर, गढीमाई र मुक्तिनाथजस्ता पवित्र र पौराणिक हिन्दु धामहरू मुलुकमा प्रशस्त रहे पनि राज्यले  त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचारमा ध्यान दिन नसकेको बताए।

राज्यको ध्यान तान्नकै लागि पनि पर्यटन दिवसको अवसर पारेर धार्मिक पर्यटनलाई महत्त्वका साथ जोड्न खोजेको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका सचिव सन्दीप बस्नेतले बताए।

उनले सम्भावना धेरै भए पनि नेपालको धार्मिक पर्यटन ओझेलमा परेको बताए। शंकराचार्य गेटमा औपचारिक कार्यक्रम नै गरेर पर्यटकहरूको स्वागत गर्दै पर्यटकहरूलाई व्यवसायीले गन्तव्यसम्म जान पुग्ने भाडाको समेत व्यवस्थापन गरिएको सचिव बस्नेत बताए।

प्रकाशित: ११ आश्विन २०८१ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App