१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

ट्रक र बस ठोक्किँदा १९ यात्रु घाइते

रत्ननगर - चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरको बीचमा पर्ने टिकौली जंगलमा ट्रकको पछाडि बस ठोक्किँदा १९ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ५ ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस तीव्रगतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसका चालक समेत घाइते भएको र ट्रक चालक भने प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।रासस

 

प्रकाशित: २० चैत्र २०७४ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App