१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विकास निर्माणमा साथ रहेको सन्देश दिन ताप्लेजुङमा युवाहरुको मोटरसाइकल र्‍याली

पाथीभरा क्षेत्रको केवलकारसहित विकास निर्माणमा अवरोध हुन नहुने आशय सहित ‘विकासमा युवाको साथ’को सन्देश दिन ताप्लेजुङमा आइतवार राष्ट्रिय झण्डासहित मोटरसाइकल र्‍याली निकालिएको छ ।  

र्‍यालीमा सहभागीहरुले पाथीभरा क्षेत्रमा तत्काल केवलकार निर्माण प्रकृयाको थालनी हुनुपर्ने मागसहित नाराबाजीसमेत गरेका थिए । ‘विकास निर्माणका काममा अवरोध गर्ने नभई नागरिकहरुले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने देखेर स्वःस्फुर्तरुपले र्‍यालीमा सहभागी भएका हौं’ सहभागीमध्येकी एक मिना गुरुङले भनिन् ।  

पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि पूर्णरुपमा युवाहरुको साथ र सहयोग छ भन्ने पुष्टि गर्न आफुहरु र्‍यालीमा गएको सहभागीको भनाइ छ ।  

केहिदिन अघि मात्र पाथीभरा आफ्नो पालिकाको क्षेत्रमा पनि पर्ने भन्दै सिरिजङ्गा गाउँपालिकाले विज्ञप्तिमार्फत पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने तर त्यसको राजश्वमा आफुहरुलाई पनि हिस्सेदार बनाउनुपर्ने माग गरेको थियो । सिरिजङ्गाले केवलकारलाई ‘विकसित युगको विकासको आवश्यकता’संज्ञा दिएको छ ।  

पाथीभरा दर्शन केवलकार प्रालिले पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि अनुमति पाएको छ । केवलकार निर्माणले धार्मिक तथा वातारणीय अतिक्रमण हुने भन्दै पहिचान पक्षधरहरु केवलकार निर्माणको विपक्षमा छन् । 

प्रकाशित: २३ भाद्र २०८१ १४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App