१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गुडिरहेको ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति ८ः४० बजे भैंसी लिएर काठमाण्डौंतर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढतर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षीय कृष्णबहादुर थापा रहेका छन्। गुडिरहेको ट्रकको बायाँ साइटमा ठोक्किएर गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले बताए।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित: २३ भाद्र २०८१ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App