३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

बाजा बजाएर नगर परिक्रमा गरी भ्रष्टाचारको विरोध

भ्रष्टाचारको विरोध गर्ने अनेक शैली हुन सक्छन्। शनिबार भक्तपुरमा यस्तै एउटा अनौठो शैली प्रयोग गरी भ्रष्टाचारको विरोध जनाइयो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा चरम भ्रष्टाचार भएको भन्दै बाजा बजाएर भ्रष्टाचारको विरोध गरियो। बाजा बजाएर भक्तपुर नगर परिक्रमा गरी भ्रष्टाचारको विरोध गरिएको हो।

नागरिक सरोकार समाजको अगुवाईमा कार्यक्रम भएको थियो। कार्यक्रमअन्तर्गत बाजा बजाएर भक्तपुर नगर मात्रै परिक्रमा गरिएन बरु ठाउँंठाउँंमा सभा पनि गरियो। सभामा विभिन्न वक्ताले केन्द्रमा चरम भ्रष्टाचार भएको र त्यसलाई रोक्न जनता जाग्नुपर्ने बताए।

बाजागाजासहितको टोली बिहान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरको मूलद्वारमै भेला भएका थिए। त्यहाँंको भेलामा केन्द्रकै मुटु, फोक्सो तथा नशा विभागका प्रमुख डा. सञ्जित शाहले केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई हटाए मात्रै त्यहाँंको भ्रष्टाचार रोक्न सकिने बताए। डा. पुकारको संकीर्ण सोचका कारण मुटु सेवा हुँंदाहुँंदै पनि सेवाग्राही सुविधाविहीन भएको भन्दै करोडौं होइन, अर्बौंका सामान कुहाएर भ्रष्टाचार गरेको आरोप लगाए।

अस्पतालमा मिर्गौला, कलेजो, मुटु, फोक्सो तथा नशाको मुख्य सेवा भए पनि अहिले सुविधा मिर्गाैला र कलेजोको मात्रै भएको उनी सुनाउँंछन्। यही कारण धेरै भक्तपुरवासी हृदयघातबाट अकालमा ज्यान गुमाउन बाध्य भइरहेको उनले सुनाए।

‘मृत्युपछि मानिसका आठवटा अंग प्रत्यारोपण गर्न सकिन्छ, तर यहाँं मिर्गाैला र कलेजको मात्रै प्रत्यारोपण भइरहेको छ’, डा. शाहले थपे। केन्द्र सञ्चालनमा आएको १२ वर्षमा औंलामा गन्न सकिने मानिसले मात्रै केन्द्रमा मुटुको सेवा पाएको उनले सुनाए।  

बाजागाजाको टोली केन्द्रको मुख्यद्वारबाट मुख्य–मुख्य बजार हुँंदै दरबार क्षेत्रमा पुगेको थियो। त्यहाँंबाट पुनः मुख्य बजार हुँंदै भोलाछें, नागपोखरी हुँंदै दत्तात्रय पुगेको थियो। त्यहाँंबाट पुनः इनाचो, गोल्मढी, टौमढी, नासमना हुँदै पुनः केन्द्रको प्रवेशद्वार दुधपाटीमै पुगेर टुंगिएको थियो।

यो बिचमा भोलाछेंमा आयोजक समाजका संयोजक सुरेन्द्र श्रेष्ठ र टौमढी पाँंचतले मन्दिरअगाडि सत्य त्वायनालगायतले केन्द्रमा भ्रष्टाचार भएको आरोप लगाएका थिए।

टोली बाजागाजाका साथ ब्यानरसहित बजार घुमेको थियो। साथै बजारमा पर्चा पनि वितरण गरिएको थियो। बिहान सात बजेबाट सुरु भएको नगर परिक्रमा बिहानभर चलेको थियो।

प्रकाशित: २२ भाद्र २०८१ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App