२६ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

कोशीमा आमसञ्चार सम्बन्धी ऐन निर्माणको तयारी

कोशी प्रदेश सरकारले आम सञ्चार सम्बन्धी ऐन निर्माणको तयारी थालेको छ। आम सञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाका विषयमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोरङका पत्रकारहरूसँग छलफल गरेको छ।

छलफलमा सहभागी पत्रकारहरूले आमसञ्चार प्रतिष्ठान प्रदेश सरकारले ल्याउनु सकारात्मक भएको बताए। मस्यौदामा भएका विषहरूमा सरोकारवाला पत्रकारहरूले विभिन्न सुझावहरू दिएका छन्।

सञ्चारमाध्यम स्थानीय तह देखि केन्द्रसम्म दर्ता गर्नुपर्ने र दर्ता, नवीकरणका नाममा शुल्क लिनु उचित नहुने धारणा राखे। यस्तै, युट्युबलगायतका सामाजिक सञ्जालहरू पनि दर्ता गरी व्यवस्थित पार्नुपर्ने सुझाव दिएका छन्।

विभिन्न चरणमा कोशी प्रदेशका विभिन्न जिल्लाका सरोकारवालाहरूसँग सुझाव लिएर मस्यौदालाई पूर्णता दिने प्रयास गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए।

उनले चाँडै संसद्‌बाट विधेयक पारित भई लागु गरिने बताए। विधेयकमा ५९ वटा दफा रहेका छन्। विधेयक प्रदेशसभाबाट पारित भएपछि गठन हुने आमसञ्चार प्रतिष्ठानलाई, सञ्चारमाध्यम दर्ता, नवीकरण र नियमन गर्नेसम्मको अधिकार हुनेछ।

प्रकाशित: २० भाद्र २०८१ १८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App