२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बुधबार बिहान सवा १ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उनका अनुसार भट्टीमोडबाट भारतको जोगबनीतर्फ जाँदै गरेको को २१ प ८९६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर ढाटमा ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–१ का २० वर्षीय सुशील कामतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको विराटनगरकै न्यूरो अस्पतालमा उपचारका क्रममा बिहान सवा ३ बजेतिर मृत्यु भएको डिएसपी बस्नेतले बताए।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १९ भाद्र २०८१ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App