४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फेरि महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता

महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया ममता टमटाले महाकाली नदीमा हामफालेर बेपत्ता भएकी हुन्।

उनले बिहीबार दिउँसो ४ बजेतिर महाकाली नदीमा हाम फालेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

उनी आफ्नी आमासँगै गाउँबाट सदरमुकाम आएकी थिइन्। नदीमा एक्कासि किन हामफालिन् भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १४ भाद्र २०८१ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App