२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय कारबाट गाँजा बरामद

फाइल तस्बिर

विराटनगरमा भारतीय कारबाट लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ। सीमा क्षेत्रबाट आइतबार बिहान भारततर्फ लैजान लाग्दा गाँजा बरामद भएको हो।

विराटनगर महानगरपालिका–१८ हुँदै भारततर्फ कटाउन खोजिएको ७२ केजी गाँजा आइतबार बिहान अढाई बजेतिर बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार भारतीय नम्बर प्लेट डब्लुबी १६ यू १०७१ नम्बरको कारमा राखेर विराटनगर हुँदै भारततर्फ लैजान लाग्दा गाँजा बरामद भएको हो।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले गाँजा लोड गरिएकोे कारलाई नियन्त्रणमा लिएको थियो। कारलाई रानीबाट भेडियारीतर्फ जाँदै गर्दा आइसिपी सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको डिएसपी बस्नेतले बताए। 

प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएको र कार खानतलासी गर्दा डिकीबाट गाँजा बरामद भएको हो। फरार भएका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। चालक फरार भए पनि कार रोकेको स्थान नजिकै बसेका ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको जोगबनीका ४० वर्षीय बैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरु गाँजा ‘रिसिभ’ गर्न आएको खुलेको छ। पक्राउ परेका ३ जनाविरुद्ध लागुऔषध मुद्दामा अदालतबाट म्याद गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ९ भाद्र २०८१ १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App