२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

घुमाउने बस दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुल्यो (विवरणसहित)

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर २९ घुमाउनेमा भएको बस दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ। घाइते हुनेहरुमा अधिकांश कञ्चनपुर र कैलालीका रहेका छन्।

सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गर्दा आज बिहान ७ः१५ बजेतिर दुर्घटनामा परेको हो।

अहिलेसम्म १७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ। घाईते हुनेमा कञ्चनपुरका ७, कैलालीका पाँच, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी र चितवनका एक एक जना रहेका छन्।

घाइते भएका सबैजनाको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ। प्रारम्भिक विवरण अनुसार बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमा ४ जना महिला र १३ जना पुरुष १३ रहेका छन्।

घाइतेहरूको विवरणः

कञ्चनपुर भिमदत्त नगरपालिका १० बस्ने वर्ष ४० की तारा भट्ट  

कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष २३ की हरिकला थापा  

कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष १९ का कैलाश वि.क.  

कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष २७ की कृष्णा वि.क.

कैलाली चिसापानी नगरपालिका ३ बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।

क्ञ्चनपुर भिमदत्त नगरपालिका ८ बस्ने वर्ष ३७ का दिल बहादुर सुनार  

क्ञ्चनपुर कञ्चनपुर नगरपालिका ३ बस्ने वर्ष २३ का समिदेवल राना

कैलाली गोदावरी नगरपालिका १२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट  

बझाङ बित्थडचिर गाउँपालिका ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा

कञ्चनपुर भिमदत्त नगरपालिका १७ बस्ने वर्ष ३४ का धरम खड्का  

कञ्चनपुर भिमदत्त न.पा. १० बस्ने वर्ष २० का दिपेश भट्ट  

दार्चुला महाकाली नगरपालिका ६ बस्ने वर्ष २३ का लक्ष्मण बम

कञ्चनपुर भिमदत्त नगरपालिका ९ बस्ने वर्ष २५ का भिमसेन सार्की

बैतडी दशरतचन्द नगरपालिका २ बस्ने वर्ष ३७ का जनक बिजाली  

कञ्चनपुर भिमदत्त न.पा.४ बस्ने वर्ष २३ का विनोद सार्की  

डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने वर्ष ३३ का देव बहादुर भुल  

चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ का बिपिन न्यौपाने

घाइते सबैजनाको उपचार नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App