२ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दुई बालिकाको मुटुको उपचारका लागि २ लाख बढी रकम सहयोग

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी निवासी प्रेमकुमार श्रेष्ठका मुटुरोगी छोरीको उपचारका लागि ताप्लेजुङबाट दक्षिण कोरिया पुगेकाहरुको अगुवाईमा दुई लाख रुपैयाँ बढी रकम संकलन गरी पठाइएको छ।  

आर्थिक अवस्था कमजोर भएका श्रेष्ठ परिवारका उपचाररत छोरीको सहयोगका लागि ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको संयोजनमा २ लाख ४ हजार ५ सय ५ रुपैयाँ संकलन भएको हो।

संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा ताप्लेजुङबाट दक्षिण कोरिया पुगेका अर्जुन सेन्दाङ, किशोर दर्नाल, पुष्कर न्यौपाने सहितको अगुवाई तथा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको सहजीकरणमा उक्त रकम संकलन भएको जनाएको छ।

यो रकम संकलन तथा आर्थिक सहयोग हस्तान्तरणका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौं तथा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका संस्थापक अध्यक्ष रमेश न्यौपानेले सहजीकरण गरेका हुन्।

प्रतिनिधिसभा सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले समेत यसअघि आफ्नो जन्मदिनमा यही भदौ २१ गते श्रेष्ठ परिवारलाई आर्थिक सहयोग गर्नुका साथै उपचारमा सहजीकरण गरिरहेका छन्।

मुटुमा प्वाल परेका श्रेष्ठका दुईछोरी मध्ये ठूली छोरीको उपचारको क्रममा निधन भईसकेको छ भने सानी छोरीको शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।  

प्रकाशित: २८ भाद्र २०८१ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App