२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

गृहमन्त्री लेखक शिक्षण अस्पतालमा, मृतकका शव यथासक्य चाँडो भारत पठाइने

मर्स्याङ्दी दुर्घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई गृहमन्त्री रमेश लेखकले भेटेका छन्। त्रिवि शिक्षण अस्पतालमा रहेकी खड्सेलाई शनिबार गृहमन्त्री लेखकले पनि सोही ठाउँ पुगेर भेट्दै घाइतेको अवस्थाबारे जानकारी लिएका हुन्।

भेटपछि गृहमन्त्री लेखकले दुर्घटनामा परेका भारतीय पर्यटक खड्सेकै निर्वाचन क्षेत्रका रहेको थाहा भएको जानकारी दिए।

उनले भने,‘भारतको राज्यमन्त्री आउनुभएको छ। उहाँकै निर्वाचन क्षेत्रका मानिसहरू हुनुहुन्छ।’

गृहमन्त्री लेखकले घाइतेमध्ये एकदुई जनाको अवस्था गम्भीर रहेपनि अन्यको अवस्था सुधारोन्मुख रहेको पनि बताए। यस्तै मृतकको शव भारत पठाउनेबारे पनि छलफल भएको जानकारी दिए। दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ८ भाद्र २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App