२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी

ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताए। उनले भने, ‘ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।’

मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउनुहुन्छ । उनी भन्छन, ‘हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।’हाल सो पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएको छ ।

प्रकाशित: ७ भाद्र २०८१ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App