२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा माइक्रो बस दुर्घटना: १५ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको इभी माइक्रो बस धादिङमा दुर्घटना परेकाे छ। गल्छी गाउँपालिकास्थित पृथ्वी राजमार्गमा पर्ने सिम बजारमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

वर्षाका कारण सडक चिप्लो हुँदा सो माइक्रो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका मकेन्द्र मिश्रका अनुसार आज बिहान १० बजेतिर एचए ०१२१ नम्बरकाे इभी माइक्रो बस दुर्घटना परेकाे हाे। सो माइक्रो बस सडकमा पल्टिएको छ। माइक्रो बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको  छ। थप विवरण अाउन बाँकी छ।

प्रकाशित: ७ भाद्र २०८१ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App