२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दाङमा इनार सफा गर्नेक्रममा २ जनाको मृत्यु

दाङमा बिहीबार बिहान इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

तुलसीपुर उप–महानगरपालिका वडा नं.१३ दमारगाँउ बस्ने मुकेश बिक र याम बहादुर नेपालीको इनार सफा गर्नेक्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

स्थानीय दुर्गा बिकको इनार सफा गर्न भनी इनार भित्र पसेकोमा निस्कन नसकी त्यही फसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी दमारगाँउ दाङबाट गएका प्रहरीले उनीहरूलाई उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाइएकोमा अस्पतालले दुबै जनालाई मृत घोषणा गरेका थिए।

प्रकाशित: ५ भाद्र २०८१ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App