३ वैशाख २०८२ बुधबार
image/svg+xml १५:३१ अपराह्न
समाज

लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन्। मंगलवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन्।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको बताए।

उनका अनुसार जिल्लाका अधिकांश बस्ती जलमग्न र डुबानमा छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्रकाशित: ५ भाद्र २०८१ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App