१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

बागमती प्रदेशका पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाइएको छ। गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो। अहिलेसम्म खोप अभियानको लक्ष्यभन्दा करिब चार हजार कम चौपायामा खोप लगाइएको छ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामा ७६ हजार दुई ७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य लिएको थियो। मन्त्रालयले साउन २५ देखि ३१ गतेसम्म एक सय १९ वटै स्थानीय तहको समन्वयमा खोप अभियान सञ्चालन गरेको थियो।  बागमती प्रदेशको १३ वटा जिल्लामा ३६ हजार नौ सय १४ वटा गाई, गोरु र साँढेलाई खोप लगाइएको छ । १० हजार एक सय १३ बाच्छा बाच्छी, १६ हजार सात सय ३८ राँगाभैंसी र आठ हजार दुई सय १२ पाडापाडीमा खोप लगाएको हो। 

काठमाडौंमा पाँच हजार एक सय ३६, ललितपुरमा दुई हजार एक सय ४५, भक्तपुरमा ६सय ९४, धादिङमा सात हजार चार सय ९२, काभ्रेमा आठ हजार पाँच सय १३, नुवाकोटमा आठ हजार ४८, रसुवामा चार हजार चार सय १० वटा गाईभैंसीमा खोप लगाएको छ। 

सिन्धुलीमा पाँच हजार चार सय ३७, रामेछापमा चार हजार दुई सय २२, दोलखामा सात हजार दुई सय ८७, सिन्धुपाल्चोकमा एक हजार तीन सय दुई, चितवनमा १० हजार दुई ७९ र मकवानपुरमा सात हजार १२ गाईंभैंसीमा खोप लगाइएको मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले बताए।

मन्त्रालयले मकवानपुरमा सात हजार पाँच सय, ललितपुरका लागि आठ हजार तीन सय २५, नुवाकोटका लागि ११ हजार, धादिङका लागि ६ हजार नौ सय, चितवनका लागि आठ हजार, दोलखाका लागि पाँच हजार, काभ्रेका लागि आठ हजार, सिन्धुलीका लागि आठ हजार दुई सय ५० डोज खोप लगाउने लक्ष्य राखेको थियो।

बर्सातको समय र भौगोलिक विकटताका कारण खोप अभियानले लक्ष्य भेट्न नसकेको मन्त्रालयको स्पष्टोक्ति छ।  

प्रकाशित: ५ भाद्र २०८१ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App