२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले गोठ पुरिँदा अर्घाखाँचीमा एकको मृत्यु

अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।

मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो।

गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०८१ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App