४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी, हिमताल फुटेको आशंका

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ।

शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन्।

उनले भनिन्, 'लेदोसहित भीषण बाढी आएको छ। खोला पनि बढेको छ। अहिले प्रहरीहरू गइराख्नु भएको छ। उहाँहरू पुग्न १०, १५ मिनेट लाग्ला त्यसपछि थाहा हुन्छ के भएको हो। लेदोसहित बाढी हेर्दा हिमताल फुटेको हो की भन्ने आशंका छ।'

प्रकाशित: ३२ श्रावण २०८१ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App