दैलेखको आठविस नगरपालिकामा कर्मचारीहरू आफूखुसी कार्यालय छाड्दा सुनसान बनेको छ।
प्रमुख प्रशासकिय अधिकृत, लेखाशाखादेखि नगर प्रमुखसम्म नगरपालिकामा नहुँदा हिजो आज कार्यालय सुनसान देखिएको हो।
नगरपालिका कार्यालयमा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतदेखि लेखाशाखामा ताला लगाईएको छ भने अन्य कर्मचारी बस्ने फाँटहरु खुल्ला भएपछि खाली छन्।
मुख्यत साउन लागेसँगै नगरपालिकामा कर्मचारीहरु एकै पटक कार्यालय छाडेका जनप्रतिनिधिहरु बताउँछन्।
कार्यालय नै खालीराखेर विदा हुँदा नगरपालिकामा काम लिएर आउने सेवाग्राहीहरु निराश हुने गरेका छन्।
कर्मचारी कहाँ कहिले गएका हुन् आफुलाई थाहा नभएको उपमेयर कल्पना थापा (चन्द) ले बताइन्।
हिजा आज राजश्वशाखा, स्वास्थ्यशाखा, कृषिशाखा र पशु शाखाका केही कर्मचारी मात्र नियमित कार्यालयमाआउने गरेका छन्।
प्रकाशित: २५ श्रावण २०८१ १०:२७ शुक्रबार