२ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

जाजरकोटमा जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

जाजरकोट सदरमुकाम खलङ्गाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११  नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो।

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना विक सार्की, ३५ वर्षीय भूमिका शाही, १९ वर्षीय दुर्गा पुन,  १९ वर्षीय बिन्दु शाही, ५५ वर्षीय मोती लुहार, १७ वर्षीय सीता पुन घाइते हुनुभएको छ । त्यस्तै २१ वर्षीय धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीय भूमिकला राना घर्ती घाइते भएको प्रहरीको भनाइ छ।

चार महिने बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीय कल्पना खत्री, ३३ वर्षीय अस्मिता खत्री, ३१ वर्षीय पार्वती उपाध्याय र ४० वर्षीय हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २२ श्रावण २०८१ १८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App