३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा पहिरोले घर पुरियो, हजुरआमाकाे मृत्यु, नातिनी बेपत्ता

रोल्पामा पहिरोले घर पुरिएको छ। शुक्रबार राति सुनछहरी गाउँपालिका- ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो। घरमा आमा र नातिनी रहेको बताइएको छ। पहिरोले घरसँगै हजुरआमा र उनका ४ वर्षीया नातिनीलाई पुरेको बताइएकाे छ। ६५ वर्षीया हजुरआमा बसुना सुनार भने घरभित्रै  मृत अवस्थामा फेला परेकी छन् भने नातिनी बेपत्ता रहेकी छन्।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति १० बजेतिर जानकारी गराएका थिए। सूचना पाउनासाथ प्रहरी निरीक्षक थापाको कमान्डमा चारजना प्रहरी घटनास्थल पुगेका थिए। वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको छ। उक्त ठाउँमा नेटवर्कसमेत नभएकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ। नातिनी नभेटिएपछि घरभित्रै पहिरोले पुरेको हुन सक्ने प्रहरी अनुमान छ। 

प्रकाशित: १९ श्रावण २०८१ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App