१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

क्याप्शन

जुम्लाको तिला गाउँपालिका–१ रारागाउँमा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्षमा पालिकाले छ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ।

गाउँपालिका प्रविधिक शाखाका प्रमुख धनप्रसाद चौलागाईँका अनुसार तीन वर्षभित्रमा आयोजना पूरा गर्नुपर्नेछ। पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक पर्ने सामग्री खरिद गर्न सुरु भएको छ।

आयोजनाका लागि सङ्घीय सरकारबाट विशेष अनुदानअन्तर्गत रु एक करोड ५० लाख प्राप्त भएको थियो। आयोजनाका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) बाट ९५ लाख र पालिकाले एक करोड १० लाख व्यहोर्नेछ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार आयोजना पूरा भएपछि तिलाका दुई सय ६० परिवार लाभान्वित हुनेछन्। तिला–६ बाट रारागाउँ मुहानसम्म १५ किलोमिटर लामो संरचना निर्माण गर्नुपर्नेछ।

यसैबीच, कनकासुन्दरी गाउँपालिका–४ स्थित भैसेडी भएर बग्ने हिमा नदीमा पक्की पुल निर्माण भएको छ। पुल निर्माणसँगै यातायातका साधन पनि सञ्चालनमा आएका छन्।

पूर्वाधार विकास कार्यालयले उक्त पुल मूल्यअभिवृद्धि करसहित चार करोड ३२ लाख ६३ हजारमा निर्माण गरेको हो। यो पुल ३० मिटर लामो छ। 

प्रकाशित: १७ श्रावण २०८१ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App