१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने गरी काम गरौँः मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले आमनागरिकको घरघरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी काम गर्न निर्देशन दिएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा मंगलबार आयोजित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री यादवले हरेक नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा ल्याउनुपर्ने बताए । उनले भने, ‘जनताको शुद्ध खानेपानी खाने सपना सबै मिलेर पूरा गर्नुपर्छ । यस क्षेत्रमा आवश्यकपर्ने बजेटका लागि मैले पहल हरसम्भव प्रयास गर्नेछु ।’

मन्त्री यादवले जलवायु परिवर्तनलगायत कारण तराईलगायतका क्षेत्रमा खानेपानीका स्रोत सुक्दै जानु चिन्ताको विषय भएको भदै यस समस्याको दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘जलवायु परिवर्तनका कारण तराईका क्षेत्रमा चापाकल सुकेर पानी आउन बन्द भएको छ, आकाशे पानी परेका बेला पानी आउने गरे पनि फेरि चापाकल सुक्ने समस्या छ । पहाड, तराई र हिमालमा खानेपानीको समस्या छ ’, उनले भने, ‘यस्ता समस्या समाधान गरी सबै क्षेत्रका जनतालाई शुद्ध पानी खुवाउनु हाम्रो काम हो ।  त्यसैले सबै मिलेर काम गरौँ, पक्कै सफलता मिल्ने छ ।’

यसैगरी मन्त्री यादवले गरीब, निमुखा तथा दिनभरि मजदुरीगरी पेट पाल्दै आएका नागरिकलाई कसरी शुद्ध खोनेपानी वितरण गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन आग्रह गरे । 

प्रकाशित: १५ श्रावण २०८१ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App