१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सौर्य जहाज दुर्घटना : ७ शवको पोष्टमार्टम सकियो, भोलिसम्ममा आफन्तलाई बुझाइने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालले जनाएको छ।  

अस्पतालका अनुसार आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि मात्रै आफन्तलाई बुझाइने छ। शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भइरहेको बताइएको छ। एउटा शव पोष्टमार्टमका लागि कम्तीमा चारघण्टा समय लागिरहेको अस्पतालले जनाएको छ। 

हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो।

दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो। पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ।

प्रकाशित: १० श्रावण २०८१ ११:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App