४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सौर्य एयरलाइन्स विमान दुर्घटनाः मृतक १८ मध्ये एक जना यमन नागरिक

सौर्य एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये एक जना यमन नागरिक रहेका छन्।

बुधबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये एक जना यमन नागरिक रहेको नेपाल प्रहरीले जनाएको छ।

अन्य १७ जना भने सौर्य एयरलाइन्सका कर्मचारीहरू रहेको प्रहरीले जनाएको छ।

बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो।

सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०८१ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App