१० भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ।

आइतबार साँझ साढे पाँच बजेतिर ढल्केबर-जनकपुर सडकमा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीको महदेवा गाउँपालिका-६ घर भएका २८ वर्षीय प्रहरी जवान पंकज कुमार यादवको मृत्यु भएको हो।

महोत्तरीको प्रहरी चौकी मटिहानीमा कार्यरत उनलाई महोत्तरी प्रहरीले विशेष कामका लागि सप्तरी पठाएको थियो। आइतबार सप्तरीबाट महोत्तरी फर्किने क्रममा यादव आफैंले चलाउँदै आएको को २७ प ९६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर भएर दुर्घटना हुँदा उनको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार उनी मोटरसाइकलमा एक्लै सवार थिए। उनले भने,मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको खबर प्राप्त भएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृतक प्रहरी जवान यादवका आफन्तका अनुसार उनी आमाबुबाको एक्लो छोरा थिए। र उनको दुई सन्तान रहेको छन्। ७ वर्षको छोरा र अर्की ३ वर्षकी छोरी छन्।

अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रकाशित: ३१ असार २०८१ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App