१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

चालु आर्थिक वर्षभित्र चोरी भएका ४१७ वटा सवारी साधन सम्बन्धित धनीले फिर्ता पाए

संलग्न ४१ जना प्रहरीको नियन्त्रणमा

हराएका तथा चोरी भएका २१ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।                              

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।  

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट बनाएर सञ्चालन गरिरहेको अवस्थामा ती साधन भेटिएको प्रहरीको भनाइ छ ।  

सिंहदरबार, कपन, रामहिटी गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।  

आइतबार बुझाइएका २१ वटासहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षभित्र ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैधरुपमा नेपाल भित्रिएका १७ सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक जीवनकुमार श्रेष्‍ठले जानकारी दिए ।  

चालु आर्थिक वर्षभित्र चोरीका ३२ वटा २ पाङ्ग्रे सवारी साधनसहित संलग्न ४१ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।  

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित: ३० असार २०८१ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App