६ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

गैँडाकोटमा भेटिएको एक शव सिमलताल घटनाकै, अर्काे शवको सनाखत बाँकी

नवलपरासी पूर्वको गैँडाकोटमा भेटिएकाे दुई शव मध्य एक शवकाे पहिचान खुलेकाे छ। उक्त शव सिमलताल घटनाकै रहेकाे प्रहरीले पुष्टि गरेकाे छ।

सनाखत भएकाे उक्त शव सर्लाहीका बरहथवा नगरपालिका वडा नं-३ निवासी १९ वर्षीय रमित कुशर माझीकाे रहेकाे प्रहरीले जनाएकाे छ। उनका बुवा रविन्द्र कुशर माझीले शवको सनाखत गरेका हुन्।

उनी काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति बसमा सवार यात्रु थिए। प्रहरीले उनकाे शव शनिबार दिउँसाे साढे ३ बजे आसपास नारायणी नदीकाे किनारमा फेला पारेकाे थियाे।

नदीले बगाएर ल्याएकाे अर्काे अन्दाजी २५–३० वर्षका पुरुषको शवकाे भने हालसम्म पहिचान खुल्न सकेकाे छैन्। दुवैकाे शव करिब १० फिटको दूरीमा फेला परेकाे थियाे।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा शुक्रबार दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका थिए। एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए।

बेपत्ता बस र यात्रुको खोजी कार्य चलिरहेको छ। यसअघि एक जना भारतीय नागरिकको शव फेला परेकाे थियाे। उक्त शव साेही घटनामा परेका बसमा सवार यात्रीकाे रहेको पुष्टि भइसकेकाे छ।

प्रकाशित: २९ असार २०८१ १९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App