२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

बालगृहमा सामूहिक रक्षा बन्धन

कपिलवस्तुको तौलिहवा स्थित बालगृहमा सामूहिक रक्षा बन्धन मनाइएको छ। सो अवसरमा बालगृहका ३२ बेसाहरा बालकहरूलाई २ दिदीहरूले राखी बाँधिदिएका थिए।यही बालगृहमा बसेर आफ्नो बाल्यकाल बिताएकी हाल प्युठान बस्दै आएकी टीका पुन मगर र बालगृहकी कर्मचारी कविता थारुले उनीहरूलाई राखी बाँधेर आसिस दिएका थिए । 

सो अवसरमा बालकहरूलाई टीका लगाएर प्रसाद समेत वितरण गरिएको थियो । बालगृहका भाइहरूलाई रक्षा बन्धनको अवसरमा राखी बाँध्न पाएकोमा खुसी लागेको दुवैले बताए । ‘ यही बाल गृहमा हुर्केकी थिए अहिले प्युठान बस्दै आएकी छु तर बालगृहका भाइहरू आफनै साख्यै जस्तो लाग्छ ’ पुनले भनिन । ७ वर्ष जति यही बालगृहमा बिताएर अहिले प्युठानमा अहेबको काम गर्दै आएकी पुनले बालगृहका सबै बालबालिका आफनै भाइ जस्तो लाग्ने बताईन । उता अर्की दिदी कविताले समेत आफूले बालगृहका भाइहरूलाई आफनै भाइ जस्तो मानेको बताईन । 

उनीहरूलाई राखी बाँधेर खुसी साटन पाउँदा निकै रमाइलो लागेको उनले बताईन । बालगृहका प्रबन्धक रामप्रसाद अर्यालले बालगृहमा सामूहिक रक्षा बन्धन कार्यक्रम गरिए पछि बालकहरू धेरै खुसी भएको बताए । नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले बेसाहारा बालकले समेत दिदीहरूबाट टिका र आशिष पाउँदा मुहारमा खुसीयाली छाएको बताए ।

बालगृहका बालकहरूले दुई दिदीहरूले आफ्नो हातमा रक्षा बन्धन बाँध्दै आषिष दिँदा निकै खुसी लागेको बताए । बालगृहमा बसेर अहिले बिभिन्न पेसामा लागका २ युवाहरूलाई  समेत बालगृहमा दुई दिदीहरूले रक्षा बन्धन बाधेका थिए ।  यस्तै ब्रम्हाक्मारी ईश्वरीय विद्यालयले समेत तौलिहवा स्थित बाल गृहमा समेत रक्षा बन्धनमा कार्यक्रम गरेको थियो । सञ्चालिका राजुमारीले बालगृहका  बेसाहारा बालकहरूलाई राखी बाधेकी थिइन । 

प्रकाशित: ३ भाद्र २०८१ १९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App