२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको उपद्रो रोक्छौं, कांग्रेसले चकचक गर्दैन, यो सरकार पुरै अवधि चल्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार पुरा अवधि सम्मै चल्ने बताएका छन्। निश्चित उद्देश्य पुरा गर्नका लागि कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको उल्लेख गर्दै उनले वर्तमान सरकार साढे तीन वर्ष नै चल्ने दाबी गरे।

नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको तीन दिने प्रशिक्षण कार्यक्रमको आज (मंगलबार) लुम्बिनीमा उद्घाटन गर्दैं महामन्त्री थापाले नेकपा एमालेको उपद्रोलाई रोक्न आफुहरु सक्षम रहेको र कांग्रेसको चकचक गर्ने बानी नभएकाले सत्ता गठबन्धन पुरा अवधि चल्ने बताए।

 

नेकपा एमालेको उपद्रो रोक्छौं, कांग्रेसको चकचक गर्ने बानी छैन र चकचक पनि गर्दैनौँ, गठबन्धन सरकार साढे तीन वर्ष नै चल्छ’ महामन्त्री थापाले भने।

विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले लिएका उद्देश्य पुरा गरेरै छोडेको स्मरण गर्दै उनले यसपाली पनि निश्चित उद्देश्य पुरा गर्न कांग्रेस एमालेको गठबन्धन सरकार बनेको दोहोर्‍याए।

‘यसअघि पनि निश्चित उद्देश्य प्राप्तीका लागि कांग्रेस एमालेबिच धेरै पटक सत्ता सहकार्य भएको थियो र पुरा पनि भएको थियो’ महामन्त्री थापाले भने ‘यसपालि पनि जुन उद्देश्य पुरा गर्न कांग्रेस र एमाले मिलेर सरकार बनेको छ त्यो पुरा गर्छौ’ उनले भने।

नेता थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको माग अनुरूप संशोधन गर्दै जानु पर्नेमा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध गराएर लैजानु पर्ने बताए।

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधिहरू जनता भन्दा ठुलो हुँ भन्ने भाव नराखेर जनताको काममा खटिनु पर्ने बताए।

प्रकाशित: ४ भाद्र २०८१ १९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App