सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा ट्रक र स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको मृत्यु भएको छ।
पाल्पाको तिनाउँ गाउँपालिका-३, दोभानमा बुटवलबाट आउँदै गरेको ट्रकले ठक्कर दिएपछि स्कुटी चालक, रुपन्देहीको तिलोत्तमाका विवेक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटीको पछाडि बसेकी मृतककी १७ वर्षीया बहिनी रश्मी अधिकारी गम्भीर घाइते भएकी छन्। उनको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
लु २ ख ५३७३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा लु ८६ प ६५१ नम्बरको स्कुटी ट्रकसँग ठोक्किएको थियो। दुवै सवारी बुटवलबाट तानसेनतर्फ गइरहेका थिए।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २६ असार २०८१ २१:१४ बुधबार