२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

सहकारी ठगीमा साढे ५५ हजार पीडितको उजुरी दर्ता, ११ अर्ब ६६ करोड मागदाबी

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले  ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको जानकारी दिएको छ।

त्यसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाको रहेको समितिले जनाएको छ। काठमाडौंबाट ५ हजार ६ सय ४८ पीडितहरुले उजुरी दिएको समितिले जनाएको छ।

जसमा सहकारी  पीडितहरूले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेका छन्।

शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो।

प्रकाशित: २१ असार २०८१ १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App