२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ

पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।

वीरगञ्जका सुकदेव शर्मा, ठोरीका क्वीशान लामासहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए। उनका अनुसार पक्राउ परेकाहरूलाई आज साँझ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ।

उनीहरूको साथबाट प्रहरीले हात्तीको २ वटा दाँत बरामद गरेको छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असार २०८१ १६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App