१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

चितवनका किसानलाई चैते धान सुकाउन चटारो (तस्बिरहरु)

चितवनका किसान अहिले चैते धान सुकाउन र बेच्न व्यस्त छन्। 

खैरहनी नगरपालिका वडा नम्बर-७ सुन्तना स्थित फुटबल मैदान र खैरहनी नगरपालिका वडा नम्बर-१० स्थित वडगाउँमा किसानहरू धान सुकाउन र बेच्न लागिपरेका हुन्। व्यवस्थित ठाउँको अभावले गर्दा उनीहरू खाली चौर र सडक प्रयोग गर्न बाध्य छन्।

चितवनमा पछिल्लो समय चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ। खैरहनी र माडी नगरपालिकामा चैते धानको खेती व्यापक रूपमा हुँदै आएको छ। यस वर्ष, चितवनमा सात हजार आठ सय हेक्टरमा चैते धान लगाइएको छ।

धानको उत्पादन राम्रो भएको भए पनि किसानहरूले उचित मूल्य नपाएको गुनासो गरिरहेका छन्। किसानहरूले २४ सय क्वीन्टल धान बेच्दै आएका छन्।

तस्बिरहरु : वसन्त ढुंगाना/नागरिक

 

प्रकाशित: २ असार २०८१ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App