१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

सिटिइभिटीको आइटी ल्याबमै अवैध क्रिप्टोकरेन्सी धन्दा, दुई पक्राउ

प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतकै कार्यालयमा अवैध डिजिटल मुद्रा उत्खनन (क्रिप्टो करेन्सी माइनिङ) भइरहेको पाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सिआइबी०को अनुसन्धानले यस्तो तथ्य भेटेको हो। सिआइबीले भक्तपुरको सानोठिमीमा रहेको सिटिइभिटी अन्तर्गतको प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआई) को सूचना प्रविधि ल्याबमा क्रिप्टो करेन्सीको अवैध उत्खनन भएको भेट्टाएको जनाएको छ। 

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार टिआइटिआईमा अवैध क्रिप्टोकरेन्सी उत्खननको काम भइरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि टोली गएर सूचना प्रविधि ल्याबमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरूको अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरहरूमा ‘क्रिप्टो माइनिङ एप्लिकेसन’ सञ्चालन भइरहेको पाइएको उनले जानकारी दिए।

त्यसपछि सर्भर र कम्युटरका सिपियू प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै उक्त कार्यमा संलग्न रहेका कीर्तिपुर नगरपालिका–१ काठमाडौँका ४० वर्षीय विश्वास गुरुङ र भक्तपुरका २५ वर्षीय राजेन्द्र ताहामतालाई पक्राउ गरेको छ।  उनीहरूलाई पक्राउ गरी मुद्रा सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट दिन ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App